काठमाडौं – भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको भन्दै विपक्षी दलहरू संसद अवरुद्ध गरिरहँदा, आइतबार पनि बैठक बिना कार्यसूची स्थगित भयो। सरकार र विपक्षी दलहरूबीच दिनभर छलफल चले पनि कुनै ठोस सहमति जुट्न सकेन।
संसद् अवरोध हटाउन नेपाली कांग्रेसले माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एकीकृत समाजवादीसँग छलफल गरेको थियो। कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले अध्यागमन प्रणाली सुधार, कानुनी पुनरावलोकन, र भ्रष्टाचार नियन्त्रणमा सरकारको लिखित प्रतिबद्धता जनाउने प्रस्ताव राखेका थिए। तर रास्वपा लगायतका दलहरू गृहमन्त्रीमाथि पनि छानबिन हुनुपर्ने अडानबाट पछि हटेका छैनन्। Continue reading